वडाध्यक्षलाई कुटे क्वारेन्टाइनमा बस्नेले

Logo
सोमबार, चैत्र १७, २०७६

बैतडी : पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि आइतवार कुटपिट भएको छ। वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट भएको हो। वडाध्यक्ष ऐरलाई सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले कुटपिट गरेका हुन्।

वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाध्यक्ष ऐरलाई बडुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

मदिरा सेवन गरेर कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। चैत १२ राति पुर्चौडी–५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीलाई पनि क्वारेन्टाइनमै कुटिएका गरिएको थियो।

अहेब धामीलाई स्थानीय नरेन्द्र जागरीले राति साढे १० बजे कुटपिट गरेका थिए। जागरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]