विश्वभर मृतकको संख्या ३४ हजार, संक्रमितको संख्या ७ लाख नाघ्यो

Logo
सोमबार, चैत्र १७, २०७६

विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ। त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।

कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्।

इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ। ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ।

संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ। जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

स्पेनमा मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ। अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ। अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ।

संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।