कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

Logo
बुधबार, चैत्र १९, २०७६

काठमाडौं : कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ।

पछिल्लो समय ब्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो एकैदिन ७ सय १९ जनाको ज्यान गएको छ। २३ हजार ५ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन्।

अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ। यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ। इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ।

स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। यस्तै जर्मनिमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्। तर कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ। चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।