उदयपुरको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिए

Logo
आइतबार, चैत्र २३, २०७६

खोटाङ – उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिएका छन् ।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा भागेका उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् ।

छोरीको घरमा आएर बसिरहेको जानकारीका आधारमा नेपालीलाई आईतबार नियन्त्रणमा लिएर क्वारेन्टीनमा राख्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

किर्तीमानको सम्पर्कमा रहेका दुई परिवारका आठ जनालाई समेत दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टीनमा राख्ने तयारी गरिएको छ ।

उनी तीन दिनअघि आफन्तको घरमा आइपुगेको मेयर राईले बताए । माघ १२ गते कटारी आइपुगेका नेपाली मोवाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर चैत १४ गते भागेको बताइएको छ ।

२१ जनाको समुहमा कटारी आइपुगेका उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]