लकडाउनका बेला राहत बोकेर घरमै पुगिन सुत्केरीलाई भेट्न उपमेयर

Logo
आइतबार, चैत्र २३, २०७६

कटारी। कटारी नगरपालिकाका उप मेयर भिमकुमारी राउतले एक विपन्न परिवारका सुत्केरी महिलालाई घरमै पुगेर राहत वितरण गरेकी छन् । कटारी नगरपालिकाको वडा नम्बर ५ भोर्लेकी ४ दिनकी सुत्केरी कमला परियारलाई आईतबार उपमेयर राउतले घरमै पुगेर राहत सामाग्री वितरण गरेकी हुन् ।

लकडाउनको समयमा सबैलाई समस्या पगिरहेकाबेला आर्थिक अभावमा रहेकी सुत्केरी महिलालाई ४ बोरा चामल, ३ किलो दाल, ३ किलो चिनी, साबुन ४ थानको साथमा २ लिटर तेल र २ पोका नुन राहत सामग्री हस्तान्तरण गरेको उपमेयर राउतले बताइन ।

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेको भएपनि लकडाउनका कारण काम गर्न नपाएकाले परियारको परिवार खाद्यन्नको समस्या खेप्दै आएको थियो।

लकडाउनले कतै काममा जान नपाएका कारण कहाँबाट के ल्याउने भईरहेको बेला उपमेयर आपैmले थाहा पाएर राहत ल्याईदिनुभएछ खुसी लागेको कमलाका श्रीमान अमर बहादुर दमाईले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]