उदयपुरमा लागूऔषध गाँजासहित दुई जना पक्राउ

Logo
सोमबार, चैत्र २४, २०७६

उदयपुर । कोरोना भाइरसको महामारीमा देश लडिरहेका बेला त्यसैको फाइदा उठाउदै अबैध लागूपदार्थ बिक्रीवितरण गर्ने उदयपुरमा दुइ जना पक्राउ परेका छन्।

उदयपुरगढी गाउँपालिका ७ कोल्टेमा आइतबार साँझ ७ बजे अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अबैध लागूऔषध गाँजा विक्री वितरण भईरहेको सुचनाका आधारमा स.१० प ९०१६ नम्बरको मोटर साइकल सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ बस्ने ६८ वर्षिय नारायणप्रसाद हुमागाई र सुरुङ्गा नगरपालिका ७ बस्ने १९ वर्षिय राधेश्याम भन्ने किशोर लभरियालाई १ केजी ६ सय ग्राम सहित पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।