उदयपुरको त्रियुगा नगरमा छायाँ सरकारको पारदर्शी काम, बिपन्नका सारथी छायाँ सरकारका मेयर(भिडियो सहित)

Logo
मंगलबार, चैत्र २५, २०७६

भित्री मधेस भित्र पर्ने जिल्ला हो उदयपुर। चारै तिर पहाडले घेरेको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका भित्र पर्ने गाईघाट बजार तिव्र गतिमा बजार बढ्दै गएको क्षेत्र हो।

मध्य पहाडी लोकमार्गकोले भेट्ने रमणीय उपत्यका पहाडी जिल्ला खोटांङ ओखलढुङ्गाको समेत व्यापारिक हब भएका कारण यहा सबै किसिमका नगारिक हरु बसोबास गर्दछन।

श्रमिक ब्यापारी र ज्यालामजदुरी गरि खाने देखि कृषक समेत यस नगरमा पाइन्छन। उच्च शिक्षाको उचित ब्यावस्था भएका कारण यहा खोटाङ ओखलढुंगा समेतका बिद्यार्थी पठनपाठनका लागि आउने गर्छन।

यसरी हरेक पेसा र ब्याबसाय गरेर बसेको शहरमा अहिलेको बिपतिले ठुलो क्षेति पुर्याएको छ। विश्वमा आतंकमचाएको कोरोना भाइरसले नेपालमा पनि ठुलो असर पारेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले त्रियुगा नगरका अधिकांस नागारिकलाई प्रत्यक्ष असर पारेको छ। तिव्र बजार बिकास हुदै आएको बजारका श्रमिक ज्यालामजदुर हरुलाई लकडाउनका कारण हात मुख जोड्न समेत धौ धौ परेको छ।

बिभिन्न दाताहरु सँग मागेर नगरले केहि रकम जम्मा गरेर केहि राहत वितरण गरे पनि श्रमिक र ज्यालामजदुरी गरेर खाने हरुको उचित पहिचान नहुदा नेता र जनप्रतिनिधि कै आसेपासेले राहत कुम्ल्याएको आरोप लाग्दै आएको छ।

यस्तो अबस्थामा नगरको छाया सरकार मेयर बनेका कांग्रेसका नेता बसन्त बस्नेतले ति छुटेका र बिपन्न हरुको पहिचान गर्दै चुलोमा आगो बाल्ने बाताबरण बनाउदै आएका छन्।

नगरका बिभीन्न वडा र गाउमा आफै पुगेर ति अतिविपन्न हरु नगरबाट छुटाइएका हरुलाई खाद्यन्न सहयोग गर्दै आएका छन्। उनले उद्योग बाणिज्य संघ उदयपुर सँग समन्वय गरि घर घर पुगेर राहत बाडी रहेका छन्।

चुनावजितेर गएका प्रतिनिधिहरु आफ्नो तलब भत्ता पकाउदै बस्दै गर्दा छायाँ सरकारका मेयर बस्नेत आफु नखाई नखाई राहत बितरणमा ब्यास्त छन।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]