उदयपुरमा लकडाउन उल्लंघन गर्नेलाई दिनभरी तातो घाममा सेकाइयो

Logo
शनिबार, चैत्र २९, २०७६

उदयपुर : उदयपुरमा लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर दिनभर तातो घाममा राखेको छ। लकडाउन उल्लंघन गर्दै मानिसहरु अनावश्यक हिँडडुल गरेपछि प्रहरीले सक्रियता बढाउदै कडाई गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनलार्ई शनिबारबाट कडाइका साथ कार्यान्वयन गर्न यो अभियान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

अभियान सुरु गरेकै दिन सदरमुकाम गाईघाटका विभिन्न स्थानबाट ३२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए।

अत्यावश्यक काम भए प्रहरीलाई जानकारी गराएर आफ्नो काम गर्न एसपी बुढामगरले सुझाव दिएका छन्। एसपी बुढामगरका अनुसार शनिबार पक्राउ परेका ३२ जनालाई जिल्ला प्रहरी कार्यालयको फिल्डमा दिनभर राखेर सम्झाएपछि साँझ छाडिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]