कोभिड-१९ बाट सबैभन्दा बढी अमेरिकामा मृत्यु, भारतमा संक्रमितको संख्या बढ्दै

Logo
आइतबार, चैत्र ३०, २०७६

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा आइतबार (अप्रिल १२ ) सम्म कोरोना भाइरसका कारण निधन हुनेको संख्या २० हजार ५ सय २७ पुगेको छ।

कोभिड-१९ बारे अपडेट गर्दै आएको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार ५ सय २७ पुगेको हो ।

अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ व्यक्तिमा यसको संक्रमण देखिएको छ। त्यस्तै युरोपेली राष्ट इटालीमा पनि १९ हजार ४ सय ६८ जनाको ज्यान गएको छ। इटालीमा १ लाख ५२ हजार २ सय ७१ संक्रमित फेला परिसकेका छन्।

यस्तै स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६ पुगेको छ। त्यहा १ लाख ६३ हजार २७ जनामा संक्रमण देखिएको छ।

यता फ्रान्समा १३ हजार ८ सय ३२ जनाले ज्यान गुमाएका छन भने १ लाख २९ हजार ६ सय ५४ जनामा यो संक्रमण देखिएको छ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८ सय २२ पुग्दा १७ लाख ८० हजार २ सय ७१ मा यो भाइरसको संक्रमण देखिएको छ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ८ हजार ४ सय ४६ पुगेको छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]