पर्सामा भेटिएका भारातीय तिन कोरोनाका संक्रमित जोगबनी नाका हुदै नेपाल आएको खुलासा

Logo
सोमबार, बैशाख ०१, २०७७

काठमाडौँ — आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन भारतीय नागरिकहरु दिल्ली र उत्तर प्रदेशबाट बिहार हुँदै पुस २ गते १४ जनाको समूहमा जोगवनी नाका हुदै नेपाल आएको खुलेको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ गते आयोजित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनलाई लक्षित गरेर नेपाल आएका थिए।

भारतबाट आएका तिन कोरोना संक्रमित जोगवनी नाकाबाट नेपाल प्रवेश गरि सुनसरी जिल्लाको दुहवीमा बसेको पाइएको छ। दुहवी पछि उनीहरु सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा करिव एक हप्ता बसेको पाइएको छ।

पुस २ गते नेपाल छिरेका उनीहरुले नेपालको बसाइमा सार्वजनिक सवारी साधन प्रयोग गरेको पाइएको खुलेको छ। इनरुवाबाट उनीहरु सार्वजनिक गाडी प्रयोग गरेर सप्तरी आयोजित सम्मेलनमा गएको पाइएको छ।

सम्मेलन पछि उनीहरु भारतको दिल्ली गएको भनिए पनि गए नगएको पुष्टि हुन बाँकी छ। उनीहरु नेपाल बसाइमा उनीहरु पर्साका विभिन्न मस्जिदमा गएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीलाई उधृत गर्दै आजको कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]