कांग्रेस त्रियुगा नगर समितिद्धारा पालिकालाई साढे दुई लाख बराबरको खाद्यान्न सहयोग

Logo
सोमबार, बैशाख ०१, २०७७

प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको बिपत राहत कोषमा साढे दुइ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ। नेपाली कांग्रेस उदयपुरका संघीय संसद नारायण खड्का सहित कांग्रेस त्रियुगा नगर समितिले खाद्यान्न सहयोग गरेको हो ।

कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतको संयोजकत्वमा गठित नगर स्तरीय राहात कोषले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, सभेच्छुकहरुसँग संकलन गरेको सहयोग रकमबाट नगरपालिकालाई ६० क्विन्टल चामल हस्ताणन्तरण गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्ने मजदुरको हितलाई ध्यानमा राख्दै त्रियुगा नगर पालिकाको बिपत राहत कोषमा कांग्रेस ६० क्विन्टल चामल सहयोग गरेको नगर सभापती सरोजकुमार बस्नेतले जानकारी दिए।

राहत बुझ्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई सहयोग गर्ने पहिलो राजनैतिक दल नेपाली कांग्रेस भएकाले यस्तो परिस्तिथीमा सहयोग प्रति नगरपालिका आभारी रहेको बताए ।

पालिकालाई विभिन्न व्यक्तिहरुले पनि सहयोग गरीरहेकाले यसबाट नगर क्षेत्रमा दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत पुग्ने नगर उपप्रमुख देवीकुमारी चौधरीले बताइन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]