तीन हप्ताअघि लण्डनबाट आएका एकै परिवारका तीन जनामा कोरोना आशंका, पाटनमा भर्ना गरियो

Logo
सोमबार, बैशाख ०१, २०७७

काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा काेराेना संक्रमण भएको संभावना देखिएपछि पाटन अस्पताल भर्ना गरिएकाे छ।

उनीहरूमा र्‍यापिड टेस्ट गर्दा काेराेना भाइरसकाे एन्टीबडी देखिएका कारण तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए।

पाटनको आइसोलेसनमा भर्ना भएका उनीहरुको पीसीआर परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। साधारणतया र्‍यापिड डायग्नोस्टिक टेस्ट किटको परीक्षण शतप्रतिशत पक्का मानिदैन । त्यसैले चिकित्सकहरुले पीसीआर परीक्षणका लागि पठाउँछन्।

बागलुङ बिहुंकी महिलालाई शनिबार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको थियो। तर पोखरास्थित ल्याबमा उनको पीसीआर परीक्षण गर्दा सोमबार नेगेटिभ देखाएको छ।

यापिड डायग्नोस्टिक टेस्ट किटबाट जाँच गर्दा कोरोना देखिएपछि उक्त अपार्टमेन्ट परिसरलाई प्रहरीले ‘लकडाउन’ गरेको छ। उनीहरुलाई अस्पताल पठाएपछि आवतजावत बन्द गरिएको सो अपार्टमेण्टमा चारसय भन्दा बढी परिवार बसोबास गर्दै आएका छन्। त्यहाँ बस्‍ने अन्य परिवारको पनि स्वास्थ्य परीक्षणको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]