नेपालमा कोरोना संक्रमित १४ पुगे, क्वारेन्टाइन छाडेपछि संक्रमण

Logo
सोमबार, बैशाख ०१, २०७७

रौतहट : काठमाडौं : रौतहटका एकजना १९ वर्षीय युवकमा कोरोना संक्रमण भेटिए संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। आजै वीरगञ्‍ज नाकामा चिया पसल चलाउने कैलालीकी ६५ वर्षीया वृद्धलाई पनि कोरोनाको संक्रमण भएको पाइए पछि संक्रमितको संख्या १४ पुगेक्को हो।

आइतबार ३ भारतीय नागरिकमा कोरोनाको सक्रमण देखा परेको थियो। यस अघि ९ जना कोरोना भाइरसका संक्रमितहरु उपचार गराई रहेका थिए।

कोरोना संक्रमित ती महिला वीरगञ्ज नाकामा चिया बेच्थिन्। त्यहाँ उनले सामान्य चिया पसल सञ्चालन गर्दै आएकी थिइन्। उनि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकी थिइन।

चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्‍यापिड टेस्ट गरेको थियो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो।

क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्। उनको गाउँमा आफ्नो घर नभएकाले आफन्तहरुको घरमा बस्दै आएककी थिइन्।क्वारेन्टाइनबाट घर पठाए पछि ति महिलामा कोरोना देखिएपछि घरबाटै अस्पताल ल्याइएको हो।

यस्तै १४ औ कोरोनाका संक्रमित इशनाथ नगरपालिका-५मोतीपुर निवासी मुस्लिम समुदायका १९ वर्षीय ती युवक १६ दिनअघि दिल्लीबाट आएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

क्‍वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

ती युवकको घरमा बुवा, आमा, श्रीमती, २ जना भाइ र १ बहिनी छिन्। उनकी श्रीमती भने माइत बसेकी छिन्। ती युवकलाई कोरोना संक्रमण पाइएपछि अहिले इशनाथ क्वारेन्टाइनबाट उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लाने तयारी भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry