भीआईपीका घरमा खटिएका सुरक्षाकर्मी कटौती गरेर सीमामा प्रहरी थप्न गृहमन्त्रीको निर्देशन

Logo
मंगलबार, बैशाख ०२, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमामा पठाउन बादलले निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर गृहमन्त्री बादलले अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।

जसअनुसार सशस्त्र प्रहरी बलले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालिसकेको स्रोतले बतायो । नेपाल प्रहरीले पनि आवश्यक गृहकार्य गरिरहेको बताइएको छ । हाल कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]