उदयपुरको मस्जिदमा भेटिए लुकेर बसेका १२ भारतिय,र्‍यापिड टेस्टमा नेगेटिभ

Logo
मंगलबार, बैशाख ०२, २०७७

उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय नागरिक सहित ४ जना नेपाली लुकेर बसेको पाइएको छ। स्थानीय नगारिकको सुचनाको आधारमा उनीहरु मस्जिदमा बस्दै आएको पाइएको हो।

उनीहरूले लकडाउनअघि नै आएको दाबी गरे पनि स्थानीयले भने लकडाउनपछि चोरबाटोबाट आएको हुन सक्ने बताएका छन् ।

स्थानीयको सुचनाका आधारमा अनुगमन गर्दा भारतीयको परिचयपत्र सहितका १२ जना र ४ जना नेपाली रहेको पाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

प्रजिअ पहाडीका अनुसार मस्जिदमा बस्दै आएका भारतीय सहित नेपालीको पनि र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएका कारण सोही स्थानमा सामाजिक दुरी कायम गरि बस्ने गरि स्वाब कलेक्सन गरि पठाईएको छ। उनका अनुसार १६ जनालाई मस्जिदमै सुरक्षा निकायको निगरानीमा राखिएको छ ।

उनीहरू सप्तरीमा फागुन ५ गते आयोजित सम्मेलनमा सहभागी हुन आएको अनुमान गरिएको छ । स्वाब संकलनसँगै तिनीहरूको ‘ट्राभल हिस्ट्री’ पनि खोज्न सुरु गरिएको प्रजिअ पहाडीले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]