काठमाडौ : गृह मन्त्रालयले ४४ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। सोमबार मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ४४ जनाको सरुवा गरेको हो। जेठ १८ गते भएको गृहमन्त्रालयको मन्त्रीस्तरको निर्णयबमोजिम विभिन्न कार्यालयमा कार्यरत सहसचिव र उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो।
सोमबार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका सिडिओ फेरिएका हुन् । कार्य सम्पादनका आधारमा पनि कतिपयको सरुवा गरिएको हो ।