त्रियुगा नगर आफै मापदण्ड बिपरित नदि दोहन गर्दै

Logo
बुधबार, जेठ २१, २०७७

त्रियुगा नगरपालिकाले लकडाउनको अवसरमा नदिजन्य समान भण्डारण गर्ने उदेश्यले मापदण्ड बिपरित नदी दोहन गरेको पाइएको छ। नगरपालिकाले स्थानीय बरुवा खोलाको मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन् गरिरहेको पाइएको हो।

स्थानीय नागरिकलाई नदिजन्य पदार्थमा कडाई गर्दै आएको नगरपालिकाले बरुवा खोलामा मेसिन सहित राखेर मापदण्ड विपरित नदिजन्य पदार्थ उत्खनन गरिरहेको छ।

हरेक वर्ष वर्षासँगै आउने बरुवानदिको बाढीले त्रियुगा नगरपालिकाका विभिन्न बस्ति समेत कटान गर्ने खतरालाई बिर्सेर नगरपालिकाले मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन गर्दा स्थानीय नगारिक त्रसित भएका छन्।

नगरपालिकाले बरुवा खोलामा ३ मिटर भन्दा बढीका खाडल बनाएर गिटी बालुवा र ढुंगा उत्खनन गरिरहेको छ। यसरी मापदण्ड बिपरित उत्खनन गर्दा नदीले आफ्नो बहाबको धार परिबर्तन गरि लगाएको बाध समेत भत्काउने बगाउने डरले त्रियुगा नगरपालिका वडा नं १२ बिसनपुर, सोनापुर लगाएतका बस्तिनै खतरामा पर्ने अवस्था छ।

नगरपालिकाले आफैले मापदण्ड बिपरित नदि दोहन गर्दा बस्तीनै जोखिममा परेको भन्दै स्थानीयले गुनासो गरेका छन। मापदण्ड बिपरित नदि उत्खनन गर्दा नदीको उपल्लो भाग समेत खतरामा पर्ने भएकाले नगरपालिकाले यस्तो कार्य रोक्नु पर्नेमा सरोकार निकायहरुले जनाएका छन्।

बरुवा खोलालाई यसरी मापदण्ड बिपरित उत्खन गर्दा गाईघाट बजारमा आएको खानेपानीलाई समेत असरपर्ने बजार एरियाका स्थानीयको भनाई छ। मापदण्ड बिपरित खोला उत्खनन गर्दा खोलामा भएको पानीको सतह तल जादा बजार एरियाका कल समेत सुक्न सक्ने भन्दै बजार एरियाका स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

नदीको तल्लो सतहमा मापदण्ड बिपरित खाडल बनाएर उत्खनन गर्दा नदीको माथिल्लो भागको पानि तल जाने हुदा नदीको मुहान तर्फका पानीका मुहान तल जादा सुक्ने र त्यहाँका बस्तीमा समेत पानीको अभाव हुने सम्भावना बढेर जाने गर्दछ।

अहिलेकै अवस्थामा नगरले नदिजन्य पदार्थ उत्खनन गर्दै जाने हो भने हिउदमा गाईघाट बजार लगाएत बरुवानदिको उपल्लो भागका जनता पानीको अभावमा काकाकुल हुनु पर्ने र बर्षामा नदि कटानको समस्या नआउला भन्न सकिन्न।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।