कोरोना बीमाको योजना स्थगित, बिक्री भएको बीमालेख के हुन्छ ?

Logo
बिहिबार, जेठ २२, २०७७

काठमाडौं ।आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्।

संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन्। नेपाल बीमा संघको अनुरोधमा बीमा समितिले यो बीमा लेख तत्कालका लागि बिक्री रोक्ने निर्णय गरेको हो ।

समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमक संघको अनुरोधमा बीमालेख बिक्रीलाई तत्कालको लागि रोक्ने निर्णय भएको जानकारी दिए ।

नयाँ बीमालेख बिक्री स्थगित भए पनि बिक्री भइसकेको बीमालेख कायमै रहने पहिले गराई सकेकाहरुको जोखिम बहन हुन्छ हुने निर्देशक पौडेलले जानकारी दिए।

सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ ।

बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू रुष्ट भएका छन् । प्रिमियममा छुट दिने बजेटले उल्लेख गरेको तर बिमा कम्पनीलाई सहुलियत हुने अन्य नीति नलिएको महासचिव क्षेत्रीले बताए ।

हाललाई स्थगन गरिएको तर कार्यविधि बनेर कम्पनीहरूलाई केही सहुलियत आएको अवस्थामा भने पुनः बिमा हुने उनले बताएका छन् ।

बुधबारसम्म कोरोना बीमालेख अन्तर्गत ३ लाख ७ हजार जनाले आफ्नो बीमा गराइसकेका छन् । सोे बीमालेख बिक्रीबाट १६ करोड ८७ लाख ३६ हजार रुपैंया बीमा प्रिमियम संकलन भएको छ । प्रतिव्यक्ति १ लाखका दरमा भुक्तानी दिँदा यो १६ सय ८७ व्यक्तिका लागि मात्रै भुक्तानी गर्न पुग्ने रकम हो । जबकि अहिले पीसीआरको संक्रमित संख्या २६०० नाघिसकेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]