कोरोना संक्रमित सबैभन्दा बढी प्रदेश २ मा, मृत्यु बढी प्रदेश ५ मा

Logo
मंगलबार, आषाढ ०२, २०७७

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २११ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार अपराह्नको तथ्याङ्कअनुसार कोरोना निको हुनेको संख्या १ हजार ४१ पुगेको छ भने मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

कुन प्रदेशमा कति जनामा कोरोना संक्रमण ?

नोभेल कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी प्रदेश २ मा देखिएको छ । जसमा २ हजार २८० जनामा कोरोना देखिएको मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।
सह प्रवक्ता अधिकारीका अनुसार प्रदेश २ कोरोना निको हुने ४५१ पुगेका छन् भने मृत्यु ३ जनाको भएको छ ।

कोरोना संक्रमण सबैभन्दा कम देखिनेमा गण्डकी प्रदेश रहेको छ । जसमा कोरोना कुल संक्रमित १९९ जना छन् भने निको हुने १४ जना पुगेका छन् । त्यहाँ एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यसैगरी प्रदेश १ मा कोरोना भाइरसको संक्रमण ३९९ जनामा देखिएको छ जसमा १६८ जना कोरोना निको भएका छन् ।

बागमती प्रदेशमा कुल कोरोना संक्रमित २३२ जना पुगेका छन् । जसमा ५० जना डिस्चार्ज भएका छन् । भने ४ जनाको मृत्यु भएको छ ।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ हजार ७४१ जना पुगेको छ । जसमा ३०६ जना डिस्चार्ज भएका छन् भने ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कर्णाली प्रदेशमा १ हजार ९४ जनामा कोरोना संक्रमित २५ जना कोरोना निको भएका छन् जसमा ३ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २६६ जना कोरोना २७ जना डिस्चार्ज पुगेका छन् भने २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण देशका ७३ जिल्लामा देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।