उदयपुरमा १५ भन्दा बढी औषधीय गुण भएको गुर्जुका ५०० बिरुवा बितरण

कोरोनाबाट बच्न गुर्जु, जसले बढाउछ इम्मिन्यूटी पावर
Logo
शुक्रबार, आषाढ ०५, २०७७

आन्तरिक राजस्व कार्यलय लाहान र उद्योग बाणिज्य संघ उदयपुरले बहुऔषधीको रुपमा प्रयोग हुने गुर्जु लहरोको बिरुवा बितरण गरेका छन ।

जिल्ला प्रसाशन कार्यालय उदयपुरको समन्वयमा उदयपुरका सबै सरकारी कार्यलयलाई पुग्ने गरी, संचारकर्मी, बुद्धिजिवी लगाएतलाई ५ सय बिरुवा बितरण गरीएको हो ।

जिल्ला प्रसाशन कार्यालयको फूलबारिमा गुर्जुको बिरुवा रोप्दै प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले गुर्जुलहरो १५ भन्दा बढी रोगको लागी अति उपयोगी औषधी हुने बताए ।

गुर्जुको पात काचै अथवा सुकाएर धुलो बनाएर खाए पनि अति उपयोगी हुने आन्तरिक राजस्व कार्यालय लाहानका कर अधिकृत कमल बहादुर राजलवटले उल्लेख गरे ।

आफैले उत्पादन गरेका ५०० बिरुवा लिएर उदयपुर आएका लावटले जंगलमा पाइने भए पनि यस्को महत्व नजान्दा हामीले दुःख पाएको बताए।

अहिले बिश्व लगायत नेपाल कोरोनाको महामारीमा लडी रहेको अबस्थामा यो गुर्जुको दैनिक सेवन गर्ने हो भने यसले मानिसमा कोरोना सँग लड्ने इम्मीन्यूटी पावर बढाएर कोरोना लाग्ने सम्भाबना अत्यन्तै न्यून हुने उनको भनाई छ।

उनले गुर्जुबाट बिभिन्न औषधी बनाएर आफुपनि दैनिक सेवन गर्ने र अन्य साधारण मानिसलाई पनि निशुल्क बितरण गर्दै आएका छन

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]