उदयपुरका ६ पालिकामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

त्रियुगामा मात्र ४१ जना
Logo
आइतबार, आषाढ ०७, २०७७

उदयपुर – उदयपुरका ८ स्थानीय तह मध्ये ६ स्थानीय तहमा कोरोनाको संक्रमण देखिएको छ। उदयपुरको ताप्लिमा पहिलोपटक एकजनामा कोरोना संक्रमण देखिएको छ।

उदयपुरबाट स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा ताप्लीका एक सहित पाँच जनामा पुष्टि भएको हो । जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक, ताप्ली गाउँपालिकाका १, कटारी नगरपालिकाका १ र त्रियुगा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । अव लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मात्र हालसम्म देखिएको छैन । सबैभन्दा पहिले कोरोना त्रियुगा नगरपालिका३ भुल्केमा भुल्केमा देखिएको थियो।

बेलका नगरपालिकामा ५ जनामा देखिसकेको छ, जसमध्ये १ जना निको भएर फर्किसकेका छन् । चौदण्डीगढीका एकजनामा देखिएकोमा निको भएर हिजो फर्किसकेका छन् ।

भुल्केमा ३२, गाइघाटमा १ र मोतिगडामा ८ जना गरी त्रियुगा नगरपालिकामा मात्र ४१ जम्मा कोरोना देखिएको छ । जसमध्ये ३३ जना निको भएर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]