यी सात जिल्लामा छन् ५ सयभन्दा बढी कोरोना संक्रमित

Logo
बुधबार, आषाढ १७, २०७७

विभिन्न सात जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ। प्रदेश १ र ३ मा भने कुनै जिल्लामा पनि संक्रमितको संख्या ५ सय पुगेकाे छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश २ को महोत्तरी, रौतहट र सर्लाही जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छ।

त्यस्तै प्रदेश ५ को दाङ र कपिलबस्तुमा संक्रमितको संख्या ५ सय नाघेको छ। कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको उनले जानकारी दिए।

मंगलबार कुल ३ सय १६ संक्रमित थपिएका छन् भने ६० जना निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]