२५ र २६ गतेका लागि त्रियुगा नगरले दियो सार्वजनिक बिदा

Logo
बुधबार, भाद्र २४, २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले थारु समुदायको महान पर्व जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिकाले एक सुचना जारी गर्दै भदौं २५ र २६ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिका द्वारा जारि सुचनामा थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रका आकस्मिक सेवा बाहेक सवै क्षेत्रलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आकस्मिक सेवा बाहेक नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने उपमेयर चौधरीले बताईन् । उपमेयर चौधरीले कोरोना भाइरसको कहरले गर्दा यस वर्षको जितिया पर्व कहि कतै नगई घर घरमै मनाउन अनुरोध गरेकी छिन् ।

थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । ठ्याकै हिन्दु नारीहरुले मनाउने हरितालिका तीज जस्तै यो पर्वमा पनि थारु समुदायका महिलाहरु आफ्नो माइती जाने गर्दछन र एक दिन निराहार ब्रत बस्ने गर्दछन ।

तीजमा आफ्ना श्रीमानको लामो आयुको कामना गर्दै महिलाहरु ब्रत बस्छन भने जितिया पर्वमा आफ्ना सन्तानको लागि ब्रत बस्ने चलन छ। सत्नात नभएका महिलाहरु भने सन्तान प्राप्तिको लागि पूजा गर्दछन् ।

त्रियुगा नगरक्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको त्रियुगा नगरपालिकाका उपमेयार देबी चौधरीले जानकारी दिइन।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry