विपक्षी गठबन्धनका विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

Logo
बुधबार, आषाढ १६, २०७८

उदयपुर । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले उदयपुरमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएका छन् । बुधबार विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले उदयपुरको सदरमुकाम गाईघाटमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

असंवैधानिक ढंगले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै आन्दोलित भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला जलाएका हुन् ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, खाद्यन्न सामग्रीको मूल्य वृद्धि, कालाबजारी विरुद्ध संयुक्त विद्यार्थी संगठनले विरोध गरेको नेविसंघका बिद्यार्थी नेता रोशन कार्कीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनको साथै मसाल जुलुस पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]