पब्लिक नेटवर्क मिडिया प्रा.लि.को आयोजनामा गाईघाटमा होलि महोत्सब सम्पन्न

Logo
शनिबार, चैत्र ०५, २०७८

उदयपुर । उदयपुरको गाईघाटमा टुबोर्ग होलि महोत्सब २०७८ सम्पन्न भएको छ। स्थानीय कलाकारहरुको उपस्थितिमा गाईघाट स्थित पिपलचोकमा पब्लिक नेटवर्क मिडिया प्रा.लि.ले होलि महोत्सबको आयोजना गरेको हो।

पब्लिक नेटवर्क मिडिया प्रा.लि.ले आयोजना गरेको होलि महोत्सबलाई त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरीले उद्घाटन गरेकी हुन् ।

स्थानीय कालाकार गोपाल कृति, मिथुन ठाकुर, अशोक सिवा फिरोज बस्नेत लगाएतले महोत्सबमा आफ्नो प्रस्तुति देखाएका थिए।

कोभिड १९ को संक्रमणले बिगत २ वर्ष देखि होलि घरघरमा मनाइदै आइएको थियो। घराघरमा मनाइने होलीले होलीको महत्व नै घटाउदै लागेको अनुभव गरेको आपसी सद्भाव बढाउन र हाम्रो संस्कृतिलाई जगेर्ना गर्न बजारमा होलि महोत्सबको आयोजना गरेको पब्लिक नेटवर्क मिडिया प्रा.लिका अध्यक्ष मनोज श्रेष्ठले बताए।

गाईघाट बजारका हजारौ नागरिक कार्यक्रममा मनोरन्जन लिन र होलि रंग साटासाट गर्दै झुमेका थिए। बृहत होलि महोत्सबको संचालन उदयपुरका आर जे कुमार अविरले गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।