उदयपुर चुनावी तालमेलको मोडालिटी बन्यो बिपक्षीको टाउको दुखाई

त्रियुगामा कांग्रेस एक्लै लड्ने
Logo
शुक्रबार, बैशाख ०९, २०७९

उदयपुर : नेपाली कांग्रेस उदयपुर त्रियुगा नगरपालिकामा गठबन्धन बाट बाहिरिएको छ  । जिल्लाका अन्य पालिकामा गठवन्धन गर्ने वा मित्रवत प्रतिस्पर्धा गर्ने बिषयमा टुङ्गो लाग्न बाँकी रहेतापनी त्रियुगामा भने कांग्रेसले गठबन्धनका दल संग मित्रवत प्रतिस्पर्धा गर्ने भएको हो ।

केन्द्रको निर्वाचन तालमेल सम्बन्धी बनेको कार्यबिधी अनुसार स्थानीय आबस्थकता अनुसार तालमेल गरिने भएका कारण जिल्लाको सदरमुकाममा रहेको पालिकामा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने भएको नेपाली कांग्रेस उदयपुरका पार्टी सभापति हिमाल कार्कीले जानकारी दिए ।

सभापति कार्कीका अनुसार बेलका,रौतामाई, उदयपुरगढी र लिमचुङबुङमा लगभग तालमेल गरेर जाने सहमति भएको छ । कटारी र चौदण्डीगढीमा मित्रवत प्रतिस्पर्धा गर्ने वा गठबन्धन गरेर जाने भन्ने बिषयमा सहमति नजिक पुगे पनि नटुङ्गिएको सभापति कार्कीले जनाए ।

यता ताप्ली गाउँपालिकामा जनता समाजबादी चुनावी तालमेलबाट बाहिरिएको छ । बाँकी अन्य गठबन्धनका दलहरु भने तालमेल गरेर जाने भएका छन् ।

अहिले भएको सहमति अनुसार तालमेल गरेर जाँदा गठबन्धन दलले उदयपुरका आठै पालिका जित्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]