उदयपुर। थारुहरुको महान चाड जितिया उदयपुरको गाईघाटमा भव्यताका साथ मनाइएको छ । त्रियुगा नगरपालिका स्थित वडा नं ६ जलजले, वडा नं ४ बगाहा, वडा नं १ जोगीदह, वडा नं ११ थारुहट रंगशाला, वडा नं १३ बेहेडवा लगायतका स्थानमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै जितिया मनाइएको हो।
प्रदेश १ सरकारका भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको बिशेष आतित्थ्यमा गरिएको कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई लगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो।
थारु संस्कार संस्कृति सँग जोडिएको यो चाँड थारु समुदायहरुले बिषेश रुपमा मनाउने गर्दछन । यस पर्वमा थारु जातिका विवाहीत महिलाहरुले व्रत (उपवास) वसेर भगवान सँग सन्तानको दिर्घ आयु र सफलताको माग गर्ने गरेको बताईन्छ ।
थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि वहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यो वर्ष शुद्ध जितिया परेको छ ।
किवदन्ती अनुसार ‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारु भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरुलाई सुताएर ब्रतालुले थालभरि खान्छिन । जितिया पर्वसंग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एकदमै गा¥हो पनि छ र अर्को ब्रतालुले थालभरि खान्छिन, दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसंग ठूलै सम्बन्ध रहेको छ ।
थारु समुदायमा यो पर्वको अत्यधिक महत्व छ । अति नियमनिष्ठाका साथ मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन पाईन्छ । महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ ।
आश्विन कृष्ण अष्टमी तिथिमा व्रत सुरु गर्नुपर्ने, कुशको मूर्ति बनाएर जितवाहनको पूजा गर्नुपर्ने हुन्छ । सो क्रममा कुशको मूर्ति कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पाकरीको रुखको हाँगा गाँड्नुपर्दछ ।