उदयपुरमा लकडाउनको प्रभाब बजार र सरकारी कार्यालय सबैबन्द

अबज्ञा गर्दै निस्किने सवारीसाधन नियन्त्रणमा
Logo
शुसिला रेग्मी मंगलबार, चैत्र ११, २०७६

विश्वभर फैलिदै गएको नोवेल कोरोना भाईरस (कोभिड १९)को संक्रमण एक नेपाली युवतीमा पनि भेटिएपछि सरकारले एक साताका लागी देशैभरी लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाइरसको संभावित संक्रमण र जनताको सुरक्षालाई ध्यानमा राखि मंगलबारबाट चैत्र १८ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन उदयपुरमा पनि लकडाउनसंगै सुरक्षा संयत्रलाइ कडा बनाईएको छ । लकडाउनको आज पहिलो दिन उदयपुरको मुख्य बजार गाईघाट पूर्ण रुपमा बन्द देखिएको छ ।

लकडाउनको अवज्ञा गर्दै सडकमा सवारी साधन सहित निक्लेकाहरुको सवारी साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारी साधनलाई आजै छोड्ने अथवा लकडाउन अवधभिर नियन्त्रणमा राख्ने भन्ने विषयमा जिल्ला सुरक्षा समितिले छलफल गरेर निर्णय गर्ने जिल्ला प्रहरी कार्यलय उदयपुरका सुचना अधिकारी डिएसपी हरीकृष्ण केसीले जानकारी दिनुभएको छ ।

कतिपयले ‘लकडाउन’ लाई कर्फ्यु भन्ने सोचेका छन् । तर ‘लकडाउन’ भनेको कर्फ्यु होइन । यो बेलामा अत्यावश्यक बाहेकका काम गर्न, यात्रा गर्न र गाडी चलाउन रोक लगाइन्छ । मानिसलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालन मात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यु जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यु र ‘लकडाउन’ फरक कुरा हुन् ।

सुरक्षामा चुनौती देखिए कर्फ्यु लगाइन्छ । तर सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोरदोहोरमा रोक लगाउनु परे लकडाउन गरिन्छ । लकडाउन सङ्क्रामक रोग ऐन (२०२०) अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यु स्थानीय प्रशासन ऐन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर ‘लकडाउन’ को आदेश पालना नगर्नेलाई कानुनी कारबाही हुन्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।