उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । संघको ९औँ अधिवेशनबाट नेतृत्व चयनका लागि प्रकाशित उम्मेदवारको नामावलीअनुसार अध्यक्ष पदमा प्रेमप्रसाद तिम्सिना, राजु रोका, सुदीप दाहाल (खत्री) र सुनिल कार्की (गोविन्द) ले उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिले मंसिर ११ गते प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार प्रथम उपाध्यक्ष पदमा राकेश खत्री, वीरेन्द्रकुमार खड्का र शुभमकुमार भट्टराईको उम्मेदवारी परेको छ । त्यस्तै, द्वितीय उपाध्यक्षमा कुलबहादुर राउत तथा तृतीय उपाध्यक्षमा अनिल आचार्य र सुनिल साह उम्मेदवार बनेका छन् ।
महासचिव पदमा अश्विन खड्काको उम्मेदवारी परेको छ भने सचिव पदमा दोजकुमार राई, भुवन खड्का र हेमराज दाहालले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, कोषाध्यक्ष पदमा अनिल खड्का र प्रमोद पोखरेल (मानु) तथा सहकोषाध्यक्षमा तुलबहादुर आलेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
