प्रयोगशालाले स्वाब लीन नमाने पछि उदयपुरमा स्वाब संकलन रोकियो

Logo
मंगलबार, आषाढ ०२, २०७७

विगत एक सातादेखि उदयपुरमा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि जेठको अन्तिम साता देखि स्वाब संकलन रोकिएको हो।

‘न धरानले लिन मानिरहेको न त विराटनगर र टेकुले लिन मानेका छन्’, जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भने, ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि धरान बिराटनगर र काठमाडौँ पठाउने हो तर अहिले स्वाब नपठाउनू भनेकाले रोकेका हौँ।’

उदयपुर बाट पठाइने सबै प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि गत हप्ता यता जिल्लामा स्वाब संकलन रोकिएको प्रमुख सुबेदीको भनाइ छ। हाल सम्म उदयपुरमा २८ सय ४ जनाको स्वाब संकलन गरिएको छ। जसमा ८ महिला र ३५ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

कोरोना भाइरस तीव्रगतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको सङ्ख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब संकलन नै रोकिएपछि कोरोना संक्रमण थप फैलिने जोखिम बढेको प्रमुख सुबेदीले बताएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]