पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकताभन्दा बढी नै भइरहेको पाइन्छ । त्यसमा पनि उदयपुरमा बिकास र समृद्धिलाई जोडेर अमुक ब्याक्तिलाई बिकासबादिको बिल्ला समेत भिराइएको छ। यो आलेख बिकास र समृद्धि को वास्तविक अर्थ र एक व्यक्तिलाई बिकासबादिको पगरी किन लगाइयो भन्ने बारे केद्रित हुनेछ।
सामान्य रुपमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ । बिकास समय संगै रुपान्तरण हुदै जाने चक्र जस्तै हो। बिकास समय संगै त्यसको माग अनुसार आफ से आफ विकासित हुदै जाने गर्दछ। एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने आन्दोलनको प्रक्रिया हो । यसले पुरानो विशेषता, बुझाइ र मनोविज्ञानलाई पनि रूपान्तरण गर्छ । यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छ । यसैको सपाट र सग्लो रूप नै विकास हो ।
विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरिन्छ, जुन असाध्यै गलत हो । सबै क्षेत्रको समानुपातिक विकास प्रक्रियाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । समाजका लागि वस्तुवादी र व्यावहारिक उत्पादन प्रणालीविना पूर्ण आकारमा विकास सम्भव हुँदैन । पूर्ण आकारको विकास प्रक्रियाविना समृद्धि कल्पना नै गर्न सकिन्न । पूर्वाधार विकासको अवधारणाले मात्र सर्वाङ्गीण विकासको प्रतिनिधित्व गर्दैन । पछिल्लो समय विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सीमित गरिँदैछ, जुन विकाससम्बन्धी गलत अवधारणा हो । यो विकासप्रतिको दृष्ट्रिकोणीय अपव्याख्या हो ।
उदयपुरको हकमा आज कहाँ यहाँको माटो यहाँको समुदायलाई सुहाउँदो बिकास भएको छ ? बिकास कस्का लागि गरिएको हो ? बिकास गर्नु भनेको सिर्प चुनाव जित्नका लागी गरिने भौतिक पुर्वाधारका शिलान्यास र उद्घाटन मात्र हैन । बिकासले त लक्षित बर्ग सम्म पुग्न पर्यो समाजको उत्थान हुन पर्यो, हरेक बर्ग सँग पुग्न पर्यो, युवा पिढीले त्यसको सदुपयोग गर्न सक्नु पर्यो ।
तर आज हामी जुन बिकास- बिकास भनी रहेका छौ त्यो बिकासले हामी कहिले पनि बिकासउन्मुख हुन सक्दैनौ । आज उदयपुरमा भएका बिकासले कुनैपनि समाज र बर्गको उत्थान गरेको छैन । युवाहरु वैदेशिक रोजगारीका लागि बिदेशजाने लहर घटेको छैन । एक जना बेरोजगार युवाले रोजगारी पाएको छैन । तर पनि यहाँका केही बुद्धिजीवीहरु नै उदयपुरबाट प्रतिनिधित्व गर्दै गएका डा. नारायण खड्कालाई बिकासबादी नेताको पगरी गुथाई दिएका छन ।
बिकसित देशमा बसेर अध्ययन गरि नेपाल आउन साथ पढेको बिद्ववान भनेर पुजीवादी पार्टी कांग्रेसले पक्डेर नेताको रुपमा उभ्याइदियो । उदयपुर सँग पारिवारिक रुपमा जोडिएका कारण उदयपुरबाट प्रतिनिधित्व गर्ने मौका डा.खड्काले पाए । यहाँको बस्तुस्थिती रहनसहन यहाँको समाज यहाँको आबश्यकता समेत नबुझेका खड्काले उदयपुरे जनताको लागि के गरेर उनी बिकासबादी भए ? अब यहाँका जनताले यस्को उत्तर खोज्ने छन ।
उदयपुर कांग्रेसले उनलाई के नाताले चिन्ने भन्ने पश्न समेत उठ्ने बेला भएको छ । उदयपुर कांग्रेसलाई स्थापना काल देखी आज सम्म यो स्थानमा ल्याउन यहाँका कांग्रेसीले कति योगदान गरे । त्यसको डा. खड्कालाई अन्दाज समेत छैन । उदयपुर कांग्रेसबाट साधारण सदस्यता समेत नलिएका डा खड्का उदयपुर कांग्रेसको भबिस्य र बर्तमान प्रती कति चिन्तित छन भन्ने कुरा उनले गरेका क्रियाकलापले उदयपुरे कांग्रेसी हरु बाकिप भै सकेका छन । जो संगठन प्रती प्रतिबद्ध छैन जस्ले उनलाई त्यो सम्मान दिदैछ त्यस सम्मानको उनी कदर समेत गर्दैनन् भने त्यो मान्छे कसरी बिकासबादी हुन सक्छ ?
उदयपुर भौगोलिक प्राकृतिक रूपमा अति सम्पन्न जिल्लाको रुपमा चिनिन्छ । यस्तो प्रकृतिकै अति सम्पन्न जिल्लामा यहाँबाट प्रतिनिधित्व गर्दै मन्त्री समेत भएका डा. खड्काले यहाँको दीर्घकालीन पुर्वाधार बिकासको लागि के काम गरे ? गरेका भए त्यो बिकासले कुन-कुन समुदायलाई कति फाइदा भयो त्यस्को मूल्याकंन समेत नगरि उन्लाई बिकासबादी नेताको पगरी गुथाईदिनु कति न्यायोचित होला ? यो प्रश्न चिन्ह आज खड्का सामु उठेको छ ।
भित्री मधेसको जिल्ला भनेर चिनिएको उदयपुर जिल्लामा खेतीयोग्य जमिन ५०% बढी छ । तर ती सबै खेतीयोग्य जमिनमा सिंचाइको असुबिधाका कारण बाँझो अबस्थामा छन । पहाडी भेगमा सुन्तला, किवि, अंगुर जस्ता फलफूलका लागि योग्य हावापानी छ तर ती स्थानमा अहिलेसम्म कृषकलागि दीर्घकालीन कुनैपनी योजना छैन । रौता क्षेत्रमा चिया कफि खेती देखि लिएर अदुवा, खुर्सानी, बेसार, अम्लिसो, तेजपत्ता, इलाइची जस्ता नगदेबालिको प्रशस्त सम्भावना छ । तर त्यो क्षेत्रमा अहिलेसम्म त्यो खेतिका लागि कुनै प्रभावकारी योजना सम्भाव्यता अध्यन सम्म गरिएको छैन ।
डा.खड्कालाई त्यो स्थान सम्म पुर्याउने तिनै कृषक र जनता हुन तर तिनै कृषकको बारेमा उनी आफ्नो पाँच बर्षे कार्यकाल भरिमा एक पटक फर्किएर आउदैनन । जव उनी ती कृषक जनता बिचमा फर्केर सम्म आउदैन भने उनले ती कृषक र जनताका लागि के बिकास गरे होला ? त्यस्तो नेता वा ब्याक्ती कसरी बिकासबादी हुनसक्छ ? यो प्रश्न अब उदयपुर कांग्रेसले डा. खड्का सँग सोध्ने छ ।
उदयपुरमा उदयपुर कांग्रेसले गरेका कुनैपनि सभा-सम्मेलनमा डा. खड्का भाग लिन आउदैनन । प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसले देशब्यापी रुपमा बिरोध गर्यो । उदयपुरमा पनि वडा देखि नगर, क्षेत्र हुँदै सबै तह तप्कामा बिरोध सभा भए । ती बिरोध सभामा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार देखी प्रदिप गिरिसम्म उदयपुर आए तर देशै आन्दोलनमा होमिएका बेला आफ्नो जिल्ला र क्षेत्र समेत आउन डा. खड्काले जरुरत सम्म सम्झेनन । आफ्नो पार्टी र कार्यकर्तालाई सम्म बिश्वास नगर्ने नेता तथा ब्याक्ती कसरी बिकासबादी हुन सक्छ ? यस्को उत्तर उदयपुर कांग्रेसले खोज्ने छ र खोजिने छ ।