जिल्ला प्रशासन कार्यालय उदयपुरको सूचना : देउसी–भैलो राति ८ बजेसम्म मात्र खेल्न आग्रह

Logo
शनिबार, कार्तिक ०२, २०८२

उदयपुर — आउदै गरेको  दिपावली पर्वलाई शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरणमा मनाउन जिल्ला प्रशासन कार्यालय उदयपुरले विशेष अनुरोध गर्दै सूचना जारी गरेको छ।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम बेलुका ८ बजेपछि सञ्चालन नगर्न अनुरोध गरेको हो ।

तिहार पर्वका नाममा जातीय, धार्मिक वा सामाजिक सम्बन्धमा खलल पुर्‍याउने कार्य नगर्न र नगराउन सचेत गराउदै कार्यलयले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै, कार्यालयले तास, जुवा तथा सट्टेबाजीसम्बन्धी गतिविधि पूर्णरूपमा निषेध गरिएको जानकारी गराएको छ। कानुनविपरीतका गतिविधि गर्ने जो कोहीमाथि आवश्यक कानूनी कारबाही गरिने भन्दै यस्ता गतिबिधि गरेको पाइएमा प्रहरीलाई खवर गर्न समेत सूचनामा आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सबै नागरिक, स्थानीय निकाय, सुरक्षाकर्मी तथा सामाजिक संघसंस्थालाई पर्वका बेला शान्ति, सद्भाव र सुरक्षाको वातावरण कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry