उदयपुर । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर देउवा समूहको उदयपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ । कार्तिक १९ गते सम्पन्न अधिवेशनले नेपाली कांग्रेसका नेता बसन्त बस्नेतलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
जिल्ला अधिवेशन संयोजकसमेत रहेका बस्नेतलाई नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सभापति घोषणा गर्नुभएको हो ।
अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय अधिवेशन प्रतिनिधि नारायण कार्की, कोशी प्रदेश महामन्त्री भुपेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित सभापति बस्नेतका अनुसार यसअघि जिल्लाका आठवटै पालिका, प्रदेश र क्षेत्रीय अधिवेशनका प्रक्रिया सम्पन्न भइसकेका छन् । क्षेत्र नम्बर १ र २ मा क्रमशः तिलक कट्टुवाल र प्रेम थापा क्षेत्रीय सभापतिमा चयन भइसकेका छन् ।