उदयपुरको सदरमुकाम स्थित गाईघाट बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू करिव एक किलोमिटर लाइन लागेर ग्यास सप्लायर्ससंग सिलिन्डर लिन बाध्य भएका छन । एउटा सिलिन्डर ग्यास पाउन एक हप्ता देखि दुई हप्ता सम्म कुर्नपर्ने र ग्यास उपलब्ध भएपछि पनि एक किलोमिटरको लाइन लागेर मात्र ग्यास पाउने समस्या उपभोक्ताले भोग्नुपरेको छ।
निगमले फागुन अन्तिमदेखि आधा सिलिन्डर ग्यास वितरण गरिरहेको थियो । असार अन्तिमदेखि भरी सिलिन्डर वितरण गर्न सुरु गरेपछि आज उदयपुरको गाईघाटमा लाइन लागेर उपभोक्ताले ग्यास लिरहेका हुन् । एक किलोमिटर लाइनको अन्तिममा परेका उपभोक्ताले आफु ग्यास सप्लायर्स कहाँ पुग्दा ग्यास सकिएर टन्टलापुर घाममा सकिनु मात्र पर्ने होकी भन्ने त्रास रहेको बताए ।