उदयपुर कांग्रेसद्वारा स्वास्थ्य सामाग्री सहयोग

Logo
बुधबार, आषाढ २३, २०७८

नेपाली कांग्रेस उदयपुरले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको अक्सिजन कन्सन्ट्रेटेड सहयोग गरेको छ । उदयपुरका तीन पालिकामा प्रत्यक एक पालिकालाई एकका दरले अक्सिजन कन्सन्ट्रेड बितरण गरेको हो ।

पुर्व स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो ब्याक्तिगत लगानिमा गरेको सहयोगलाई विद्यार्थी नेता एलबी कार्किको समन्वयमा नेपाली कांग्रेसका सभापति बिदुर बस्नेत मार्फत बितरण गरिएको हो ।

उदयपुरको बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिकामा एक एक वटा अक्सिजन कन्सन्ट्रेड बितरण गरिएको हो ।

स्वास्थ्य सामाग्री लिदै बेलका नगरपालिका मेयरले कोरोना माहामारिमा कांग्रेसले गरेको सहयोग प्रती खुसी ब्याक्त गरे । यस्तै चौडण्डी नगरपालिका मेयर खगेन्द्र राइले कांग्रेस सहित पुर्व स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा गरेको उपलब्धी स्वास्थ्य बिमा र कांग्रेस नीति अनुसार हरेका साबिकका गाबिस हालका हरेक वडामा  बनाएको आधारको प्रशंसा गरे ।

स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा बोल्दै विद्यार्थी नेता एलबी कार्कीले स्वास्थ्य सामाग्री सहयोग गर्न पाउँदा खुसी ब्याक्त गरे । सहयोग कार्यक्रममा उदयपुरका विद्यार्थी नेता र कांग्रेसका जिल्ला तहका नेताहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।