गठबन्धन सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनायो : एमाले सचिव भट्टराई

Logo
शनिबार, फाल्गुण १४, २०७८

नेकपा एमाले सचिव तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन ।

स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीको प्रशिक्षण कार्यक्रममा सदरमुकाम गाईघाट आईपुगेका नेता भट्टराईले शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेको गठबन्धन सरकारले देशका महत्वपूर्ण संबैधानिक अंगहरु कार्यपालिका, न्यायपालिकालाई र ब्याबस्थापिकालाई नियन्त्रणमा लिएर मुलुकलाई अनिर्णयकोको बन्दी बनाएको आरोप लगाएका हुन ।

“गठबन्धन भित्रका पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटकोरुपमा खडा गरेर मुलुकलाई अनिर्णयको बन्दी बनाइएको छ ।” उनले भने, “सत्तामा बस्ने फेरि सरकारकै बिरोध गरे पछि त्यो सरकार कसरी सफल हुन्छ , यो सत्ता गठबन्धनको असफलता हो, यसले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको छ। मुलुकको अन्तर्राष्ट्रिय छवि धमिलो भएको छ। यसको गठबन्धनले जवाफदेहिता लिनुपर्छ।”

पूर्वमन्त्री भट्टराईले मिल्दै नमिल्ने दलहरुले गठबन्धन गर्दा गठबन्धन जोगाउन आफूखुशी मन्त्रालय थप्ने, कार्यकर्ता भर्तिकेन्द्र बनाउने जस्ता प्रवृतिले मुलुकको राजश्वले सामान्य खर्च धान्न सक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

“यो गठबन्धन अनिवार्य भत्किनु पर्छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी रहन्छ, अस्थिरता रहिरहन्छ, त्यसैले यो छिटो भत्किनुपर्छ।” भट्टराईले भने, “देउवा नेतृत्वको सरकार आएपछि मुलुकमा कमजोर अर्थतन्त्र, वैदेशिक व्यापारमा घाटा, न्युन रेमिटान्स जस्ता समस्या देखिएकाछन्, जुन मुलुकका लागि दुर्भाग्य हो ।”

उनले एमसीसीको बिषयमा प्रधानमन्त्री देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नभएसम्म संसद चल्न नदिने स्पष्ट पारे। “हामीले उठाएका कुरा सम्बोधन नगरी प्रधानमन्त्री देउवाले हाम्रो जवाफ ब्ल्यांक चेक दिनुस् भने जसरी माग्नु भएको छ,” भट्टराईले भने, “एमालेले ब्ल्यांक चेक दिँदैन, संसदीय ब्याबस्थाको मर्म र संबिधान बमोजिम सरकार र संसद चल्नु पर्छ ।”

एमसीसी पास गर्ने वा फेल गर्ने भन्ने सबाल अब सांसदको भएकोले संसदले जावाफ दिने  र उचित समयमा उचित निर्णय दिने बताए । एमसीसीका बिषयलाई लिएर पछिल्लो समय नेपाल शक्तिराष्ट्रको खेलोफड्को गर्ने थलो भएकाले सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन  चेतावनी समेत दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]