उदयपुर । नेपालको खोटाङको मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।भुकम्पको धक्का करिव ५ देखी ७ सेकेन्ड महसुस गरिएको थियो ।
गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । अहिले जाने स-साना पराकम्प ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प रहेको केन्द्रले जनाएको छ ।(अपडेट)