त्रियुगा १२ मा चौथो अध्यक्षकप शुरु

Logo
सोमबार, पुष २५, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को आज बाट चौथो अध्यक्ष कप सुरु भएको छ । ८ टिम सहभागी अध्यक्ष कपको आज त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले उद्घाटन गरेका हुन ।

नगरपालिकाको वडा नं १२ बिसनपुर हरित पार्क नजिकै रहेको खेल मैदानमा आयोजित प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन । एक हप्ता सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा फुटबल क्लब बगाहा र गाईघाट फुटबल क्लबका बिच प्रतिस्पर्धा भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख वसन्त बस्नेतले खेलकुदले युवाहरुको सर्वाङ्गिण बिकासमा सहयोग पुग्ने बताए । अध्यक्षकपले वडामा रहेका प्रतिभालाई उजागर गर्ने र खेलमा सहभागी गराई अवसर दिलाउने उनको भनाई थियो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चुडाराज काफ्लेले वडामा रहेका साना प्रतिभालाई उजागर गर्न अध्यक्ष कप महत्त्वपूर्ण हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा नगर खेलकुद बिकासका अध्यक्ष, जिल्ला फुटबल संघका अध्यक्ष लगायत जिल्ला खेलकुद बिकासका पदाधिकारी उपस्थित थिए । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।