त्रियुगा १० का ५ सय ३० जेष्ठ नागरिकहरुलाई सम्मान

Logo
शनिबार, पुष ३०, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगरपालिकाको वडा नं १० को आयोजनामा वडाका जेष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई जाडोको बेला न्यानो फाइवरको सिरक वितरण गर्दै सम्मान गरिएको हो ।

६८ बर्ष माथीका ३०५ जेष्ठ नागरिक, ६० बर्ष माथीका ६६ दलित जेष्ठ नागरिक, अपांग भएका ४९ र एकल महिला ११० गरि ५ सय ३० जनालाई न्यानो फाइवरको सिरक वितरण गर्दै सम्मान गरिएको छ ।

त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले अपांग र जेष्ठ नागरिकलाई सिरक वितरण गर्दै जेष्ठ नागरिकलाई नगरपालिकाले सदैव सम्मान र संरक्षण गर्ने बताए । जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको बताउदै नगर प्रमुख बस्नेतले परिवारका सदस्यलाई जेष्ठ नागरिकलाई स्वास्थ्य विमा गराउन अनुरोध गरे ।

हरेक व्यक्ति जीवनमा एकपटक जेष्ठ नागरिक हुने बताउँदै उनले ज्येष्ठ नागरिकको सम्मानमा नगरपछि नपर्ने उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख महेश्वरी राईले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उहाँहरुलाई संरक्षण गर्नु पहिलो दायित्व भएको बताईन । बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुनेगरेको यथार्थ राख्दै वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने विश्वास व्यक्त गरिन ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष किरण पाण्डेले जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने बताए । जेष्ठ नागरिकको सम्मान र संरक्षणमा वडाले सधै नगरपालिकासँग समन्वय गर्दै हरेक बर्ष सम्मान गरिने र प्रत्यक बर्ष जेष्ठ नागरिकको इच्छा अनुसार सम्मान गर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।

वडामा रहेका जेष्ठ नागरिकका घरमा बिजुली बत्ती नभए बत्तीको व्यवस्था गरिदिने र शोक र भोकमा वडा सरकार सदैव उहाँहरुका साथमा रहने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र फुयल, शसस्त्र प्रहरी उपरीक्षक, नेकपा एमाले प्रदेश कमिटिका सचिवालय सदस्य इश्वरमणि राउत लगायतका व्यक्ती उपस्थित थिए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।