उदयपुर । जिल्लाको त्रियुगा नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ । पहिलो चरणमा नगरभित्रका १० ठुला माध्यमिक विद्यालयलाई प्याड डिस्पोजल मेसिन उपलब्ध गराएको हो ।
नगर भित्रका १० ठुला माध्यमिक बिद्यालय (धेरै विद्यार्थी भएका बिद्यालय) त्रियुगा नमुना मावी गाईघाट, रामजानकी मावी मोतिगडा, अम्वेवर मावी राजाबास, जनता मावी देउरी, जनता मावी श्रीपुर, राष्ट्रिय मावी बगाहा, लक्ष्मीपुर मावी पोर्ताहा, जनज्योति मावी चुहाडे, मावी साउने र सिद्धवती मावी खावु गरि १० वटा बिद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेसिन बितरण गरिएको नगर प्रमुख बसन्त ब्क्स्नेतले बताउनु भयो ।
त्रियुगा नगरपालिकाका प्रमुख बस्नेतका अनुसार विद्यालयलाई सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्ष नष्ट गर्ने मेसिन समेत प्रदान गरिएको हो ।
सेनिटरी प्याडले विद्यालयमा अध्ययनरत छात्राहरूलाई धेरै राहत मिलेको र प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन बितरण पछि व्यवस्थापन गर्न सहज हुने नगर प्रमुख बस्नेतले बिश्वास व्यक्त गर्नु भयो ।
नगरपालिकाले यस अगाडि देखी नै सेनिटरी प्याड बिद्यालयलाई उपलब्ध गराउदै आएको थियो । सेनिटरी प्याड उपलब्ध गराए पनि त्यसको व्यवस्थापनमा समस्या देखिदै आएकोले व्याक टु लाइफ संस्थाको सहयोगमा पहिलो चरणमा १० वटा बिद्यालयलाई मेसिन उपलब्ध गराएको नगर शिक्षा शाखा अधिकृत शिव कुमारी राउतले बताउनु भयो ।
नगरपालिकाले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी निःशुल्क रूपमा सेनिटरी प्याड उपलब्ध गराउदै आएको छ ।