

उदयपुर । शहिद दिवसको अवसरमा वुधबार साँझ नेपाल विद्यार्थी संघले दिप प्रज्वलन गरेर शहिदको सम्झना गरेका छन ।
उदयपुरको सदरमुकाम गाईघाट स्थित गाईचोकमा साँझ ६ बजे नेविसंघले दिप प्रज्वलन गरि शहिदको सम्झना गरेको हो।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । र, १६ माघलाई सहिद दिवसको रुपमा मनाइन्छ ।