कफी खेती प्रवर्द्धनमा त्रियुगा नगरपालिका, पहाडी तिन वटा वडालाई कफी जोन बनाउदै

Logo
बुधबार, बैशाख २४, २०८२

उदयपुरको त्रियुगा नगरपालिकाले  तिन वटा पहाडी वडामा कफीखेती प्रवर्द्धन एवं विस्तार गरि कफी पकेट क्षेत्र बनाउने उदेश्यले काम शुरु गरेको छ।

चालु आर्थिक वर्षमा नगरपालिकाले तिन वडामा २ सय रोपनीका दरले ६ सय रोपनी जग्गामा कफीको पकेट क्षेत्र घोषणा गरि स्थानीयलाई कफी सम्बन्धी तालिमको आयोजना  गरेर कफीखेती प्रवर्द्धन एवं विस्तार गर्ने कामको सुरुवात गरेको हो।

वडा नं १४, १५ र १६ मा एकएकवटा पकेट क्षेत्र स्थापना गरि स्थानीय कृषकलाई कफी रोप्ने, हुर्काउने, गोडमेल गर्ने, हावापानीको अवस्था बुझ्ने, सिंचाई लगायत उपर्युक्त जमिन र माटोको छनोट गर्ने बिषयमा तालिम दिइएको छ । धरान कफी तथा कृषि उद्द्यम केन्द्रको प्राविधिक सहयोग, प्रदेश सरकारको आर्थिक सहयोग र त्रियुगा नगरपालिका कृषि शाखाको आयोजनामा पहाडी वडाका १ सय घर परिवारलाई कफी सम्बन्धि तालिम दिइएको हो ।

तिन वडाको हावापानी माटो परिक्षण गरेर कफी खेती योग्य स्थान देखिए पछि पकेट क्षेत्र निर्धारण गरि काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।  इलामको चिया बगान जस्तै कफी बगान बनाएर पर्यटनलाई समेत जोड्दै पहाडी वडालाई कफी हव सँगै  पर्यटनको हव बनाउने योजना अनुसार काम शुरु गरिएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

नगरपालिकाले वडा नं १४, १५, र १६ मा पर्यटन प्रवर्द्धनका लागि हिल स्टेसन निर्माण, गुरास बन निर्माण र अव कफी जोन बनाएर त्यस स्थानका मानिसलाई व्यवसायीक बनाउने योजनामा नगरपालिका लागि रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

धरान कफी तथा कृषि उद्द्यम केन्द्रका संचालक तथा प्रशिक्षक अन्जना राइले कफी खेतीलाई मन लगाएर गर्ने हो भने व्यवसायी बन्ने मात्र नभएर मनग्य आम्दानी लिन सकिने बताउनु भयो । प्रशिक्षक राईले आफु पशिक्षण दिन मात्र आएको नभएर यहा कफी खेती गर्नेलाई पूर्ण व्यवसायी बनाउने उदेश्यले आएको र आफुले निरन्तर यहाँको कफी खेतीलाई अनुगमन गर्ने सल्लाह सुझाव दिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry