उदयपुर १ मा नेपाली कांग्रेस उत्साही, एमाले – नेकपा र रास्वपा रक्षात्मक

Logo
सोमबार, फाल्गुण १८, २०८२

खेमराज दाहाल, उदयपुर । फागुन २१ को निर्वाचन मिति नजिक आउदै गर्दा प्रमुख ४ राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई परिणाममुखि बनाउन सम्पुर्ण शक्ति लगाई रहेका छन । मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्रता दिएका छन । यस्तोमा उदयपुर १ मा नेपाली कांग्रेसका कार्यकर्तामा बढि उत्साह देखिएको छ भने अन्य पार्टीहरु नेकपा एमाले, रास्वपा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रक्षात्मक देखिएका छन ।

घरदैलो अभियानमा सहभागी भएका कार्यकर्ता र मतदाताको संख्या हेर्दा यस्तो देखिएको हो । उदयपुरको सदरमुकाम समेत रहेको यस क्षेत्रमा १ लाख ४२ हजार ८ सय ४ मतदाता रहेका छन । सदरमुकाम गाईघाट सहित तिन वटा मुख्य शहर रहेको यस क्षेत्रमा मतदाताको मिश्रित प्रतिक्रिया पाइन्छ । मत परिवर्तन गरेर राश्वपालाई समर्थन गर्नेको जमात देखिदा “बदलियो कांग्रेस बदल्छौ देश” को नारा लिएर आएको कांग्रेसले आफ्ना मतदातालाई उत्साह थपेर आफुले जित्दै आएको उदयपुर क्षेत्र नम्बर १ को  बिरासत जोगाउन सफल हुने देखिएको छ ।

कमजोर संगठन रहेको नेकपाले आफ्नो सामुदायिक मत सहित संगठनको मतले परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्य राखेको देखिएको भएतापनि कार्यकर्ता र मतदातामा उत्साह देखिएको छैन । घरदैलो र मतदाता भेटघाटमा नेता तथा कार्यकर्ताको उपस्थिति कमजोर रहेको देखिएको छ । उस्ले मतदाता सँगमत माग्ने क्रममा पुरानै शैली अपनाएको देख्दा मतदाता र कार्यकर्तामा उत्साह देखिएको छैन । नयाँ कुरा नभएको हरेक निर्वाचनमा चुनाव चिन्ह र बिचार परिवर्तन गर्दै आउने भएका कारण अस्थिर नेतृत्व बोकेको भन्दै मतदाता पन्छिने गरेका छन ।

नेकपा एमालेले अहिलेसम्म कार्यकर्ता र मतदातामा उत्साह भर्न सकेको छैन । जेनजी आन्दोलन पछि एमाले नेतृत्वको देशभर बाट चर्को आलोचना हुँदा पनि आफ्नो दम्भ नछाडेका ओलीलाई आफ्नै क्षेत्रबाट जित्न कठिन परेको समयमा देशभरका एमाले कार्यकर्ता र मतदाता निराश देखिएका छन । हजारौंको मतान्तर सहित जित निकालेर झापा ५ मा निर्विकल्प जस्तै बनेका ओलीनै यस निर्वाचनमा कमजोर देखिए पछि देशभर र उदयपुर क्षेत्र नं १ मा पनि रक्षात्मक देखिएको छ ।

बालेन र रवीको व्यक्तिगत छवीले सामाजिक सञ्जालमा देखिएका केही रौनकताले कार्यकर्तामा उत्साहा देखिए पनि उदयपुर १ मा भने कमजोर सांगठनिक संरचना उस्को लागि ठुलो चुनौती बनेको छ । रास्वपालाई मत दिने विद्वानहरूको समूह (बिद्वद्वर्ग) पनि विश्वभर साम्राज्यवादी शक्तिहरूले  अस्थिरता निम्त्याइरहेको समयमा हाम्रो जस्तो संवेदनशील भू–राजनीतिक मुलुकमा अन्तर्राष्ट्रिय निति सम्बन्धि स्पष्ट भिजन र परोपक्व नेतृत्व नभएको रास्वपालाई मत दिन  तयार नभएका कारण रक्षात्मक देखिएको छ ।

बिगत दुई दशक देखि आफुलाई अव्वल साबित गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै आएको नेपाली कांग्रेसले आफुलाई बदलेर नयाँ भनिएका भन्दा नयाँ भएर ‘बदलियो कांग्रेस बदल्छौ देश’ नारा सहित आएको कांग्रेस २.० ले कार्यकर्ता सम्म उत्साह थपेको छ । बदलिएको कांग्रेसका कर्याकर्ताको उत्साहले मतदातालाई समेत प्रभावित बनाएको उदयपुर १ का कांग्रेसका उम्मेदवार बिदुर बस्नेत मतमाग्न जाँदा उत्साही भएर बाटोमा निस्केर स्वागत गरेको सँगै नाचेको देख्न सकिन्थ्यो । टोलटोलमा भेला भएर बदलिएको कांग्रेसलाई प्रश्न गरेको स्वागत गरेको देख्न पाइन्थ्यो । दुई दशक देखि मत दिएर जिताउदै आएका मतदाता बदलिएर आएको कांग्रेसलाई पुनः मतदिन उत्साही पाइएका छन ।यस पटक उदयपुरमा आन्तरिक पार्टी भित्र अन्तरघात समेत नहुने देखिए पछि कार्यकर्ता र मतदाता थप उत्साही भएको बताउछन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry