नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको उदयपुर जिल्ला तदर्थ समिति गठन, अध्यक्षमा दिनेश कुमार श्रेष्ठ

Logo
शुक्रबार, मंसिर १२, २०८३

उदयपुर । नेपालमा साहसिक जलपर्यटनको विकास तथा र्‍याफ्टिङ र क्यानोइङ खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको उदयपुर जिल्ला तदर्थ समिति गठन गरिएको छ । दिनेश कुमार श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय जिल्ला तदर्थ समिति घोषणा गरिएको हो ।

उदयपुरमा रहेका नदी तथा जलस्रोतलाई साहसिक पर्यटनसँग जोड्दै जिल्लामा र्‍याफ्टिङ तथा क्यानोइङ खेलको सम्भावना विस्तार गर्ने लक्ष्यसहित समिति गठन गरिएको जनाइएको छ । प्राकृतिक स्रोत तथा पर्यटनको सम्भावना बोकेको उदयपुरमा जलपर्यटनको विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

समिति घोषणा कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वनिर्देशक महेन्द्र राई, नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ महासंघका कोशी प्रदेश सचिव सुरेश बस्नेत, होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेभिट बस्नेत, त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइला र साईक्लिङ संघका अध्यक्ष माधव बानियाँलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी पर्यटन तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूले उदयपुरमा साहसिक पर्यटनको विकासका लागि स्थानीय स्तरबाटै पहल र सक्रियता आवश्यक रहेको धारणा राखेका थिए । जिल्लामा पर्यटनका विभिन्न सम्भावना रहे पनि तिनको पहिचान, प्रचारप्रसार र प्रवर्द्धनमा संस्थागत प्रयास आवश्यक रहेको उनीहरूको जोड थियो ।

नवगठित जिल्ला तदर्थ समितिले आगामी दिनमा र्‍याफ्टिङ तथा क्यानोइङ खेलको सम्भावना पहिचान, खेलाडी उत्पादन, खेल गतिविधिको विस्तार र पर्यटनसँग यसको सम्बन्ध स्थापित गर्न पहल गर्ने अपेक्षा गरिएको छ । साथै सम्बन्धित निकाय, पर्यटन व्यवसायी तथा खेलकुद क्षेत्रका संस्थासँग समन्वय र सहकार्य गर्दै जिल्लामा जलपर्यटनको विकासका लागि काम गर्ने अवसरसमेत समितिसामु रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry