१२औँ उद्योग दिवसमा उद्यमी र व्यवसायीसँग त्रियुगा नगरपालिकाको अन्तरक्रिया

Logo
बिहिबार, मंसिर ११, २०८३

उदयपुर । १२औँ उद्योग दिवसको अवसरमा त्रियुगा नगरपालिकाले उद्यमी, व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । स्थानीय उद्योगको प्रवर्द्धन, औद्योगिक पूर्वाधारको विकास तथा स्थानीय अर्थतन्त्र सुधार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

‘सबल औद्योगिक पूर्वाधार, स्थानीय अर्थतन्त्रको सुधार’ भन्ने नारासहित आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले धारणा राखेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्षसहित साना तथा मझौला उद्योगी र व्यवसायीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले स्थानीय स्तरमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दा भोग्नुपरेका समस्या, औद्योगिक विकासका सम्भावना र स्थानीय उत्पादनको प्रवर्द्धनका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा स्थानीय उद्योगको विकास, उद्यमशीलताको प्रवर्द्धन तथा उद्योगी व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकतामाथि समेत जोड दिइएको थियो ।

त्रियुगा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमले स्थानीय उद्योग तथा व्यवसायको अवस्था र विकासका सम्भावनाबारे उद्यमी तथा सरोकारवालाबीच छलफल गर्ने अवसर प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry