प्रतिपक्षी कांग्रेसले दियो ५० लाख

कोरोना जोखिम सामना कोष
Logo
मंगलबार, चैत्र ११, २०७६

काठमाडौं : सरकारले कोरोना भाइरसको जोखिम सामना गर्न बनाएको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५० लाख सहयोग गर्ने भएको छ।
सरकारले बनाएको कोषमा पार्टीले ५० लाख दिने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको छ’, प्रवक्ता शर्माले भने।

यसअघि नै कांग्रेसका संघीय सांसदले कोषमा १५ दिनको तलब दिने निर्णय भएको थियो।

प्रवक्ता शर्माले कोरोनाविरुद्धको संघर्षमा सबै एक साथ रहेको भन्दै सरकारले निर्माण गर्ने कोषमा पार्टीको तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ दिने निर्णय भएको प्रष्ट पारे।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।