यसरी उकास्न सकिन्छ शरीरको प्रतिरोधात्मक क्षमता?

Logo
मंगलबार, चैत्र ११, २०७६

हाम्रो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्ने क्षमता हो। ‍यो क्षमता राम्रो भएकै कारण हामी संक्रमण र रोगहरूबाट बचेका हुन्छौं।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई विभिन्न किसिमका रोग लाग्ने तथा संक्रमण चाँडो हुन्छ। यसकारण प्रतिरोधात्मक क्षमता बढाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ।

कुनै पनि खानेकुराले ‘जादू’ जसरी वा ग्यारेन्टीका साथ हाम्रो प्रतिरोधात्मक क्षमता त बढाउँदैन। तर पोषिलो तथा सन्तुलित खाना नियमित खाँदा र स्वस्थ जीवनशैली अवलम्बन गर्दा मद्दत भने पुग्छ।

सन्तुलित खाना भन्नाले शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्व मिलाइएको खाना हो। अहिले तपाईंहरू घरमा बसेका बेला भनेर अत्यधिक खानेकुरा नखानुस्।

हरियो सागसब्जी तथा तरकारी, प्रशस्त प्रोटिन भएका गेडागुडी, कागती, अमला, भोगटे, सुन्तला जस्ता अमिलो जातका फलफूलले प्रतिरोधात्मक क्षमता बढाउन सघाउँछ।

योसँगै रातोभन्दा सेतो मासु स्वास्थ्यका लागि उपयुक्त हुन्छ। तर, राम्ररी पकाएर मात्रै खानुपर्छ।

हामीले घरमै भएका सामानको मात्रा मिलाएर खान सकिन्छ। जस्तैः बेसार, मह, घ्यु, अदुवा, दालचिनीको र मरिचको धूलोलाई तातोपानीमा मिलाएर खाएमा सामान्य समस्या रुघाखोकी, कफमा राहत मिल्छ भने जटिल रोग लाग्नबाट बचाउन पनि धेरै सहयोग गर्छ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सरसफाई, व्यायाम, योगले पनि ठूलो भूमिका खेल्छ।

यसका साथै आफ्नो तनाव पनि कम गर्नुपर्छ। यति बेला कोरोना भाइरसले सबैलाई तर्साएको छ। व्यापार-काम बन्द छ। यस्तोमा तनाव बढ्न सक्छ जसले रोग सम्भावना बढाउँछ। त्यसैले तनावमुक्त रहने प्रयास गर्नुपर्छ। निद्रा पनि राम्ररी पुर्‍याउनुपर्छ।

रक्सी धेरै नपिउनुस्। धूमपान नगर्नुस्। यी दुवैले तपाईंको प्रतिरोधात्मक क्षमता कम गर्छन्। डाक्टर मनसा थापा ठकुराठी पोषणविज्ञ हुन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]