सञ्चारकर्मी गोमाको कोराना भाइरस सम्बन्धि चेतनामूलक गीत

Logo
मंगलबार, चैत्र ११, २०७६

लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाईस बोलको गीत सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाईरस गीत जनचेतनामुलक गीत हो ।

चिनको बुहानबाट सुरु भएको कोरोना भाईरसले अहिले विश्वभरी महामारीको रुप लिएको छ । हालसम्म १८८ मुलुकमा देखा परिसकेको कोरोना भाईरसले यतिबेला विश्व नै सन्त्रासमा छ ।

अहिले विभिन्न माध्यमबाट कोरोनासम्बन्धि जनचेतना जगाउने कामहरु शुरु भईरहेको छ । भर्खरैमात्रै नेपाल टेलिकमलेपनि कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । यहिक्रममा कोरोना भाईरस गीतपनि बजारमा ल्याइएको हो ।

विश्वभरी १३ हजार बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी केकस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।