उदयपुरमा लकडाउन अबज्ञा गर्ने दुई सय बढी सवारी साधन प्रहरीको नियन्त्रणमा

Logo
मंगलबार, चैत्र ११, २०७६

उदयपुर । विश्वभर फैलिदै गएको नोवेल कोरोना भाईरस (कोभिड १९)को संक्रमण एक नेपाली युवतीमा पनि भेटिएपछि सरकारले एक साताका लागी देशैभरी लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाइरसको संभावित संक्रमण र जनताको सुरक्षालाई ध्यानमा राखि मंगलबारबाट चैत्र १८ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरेको हो ।

नेपाल लकडाउनको पहिलो दिन मंगलबार अपरान्हसम्ममा जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई सय भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउनका लागि सवारी साधन नचलाउन, बाहिर नहिड्न भन्दै सम्झाए पनि सवारी धनीले नटेरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।

गाईघाटको पिपलचौक, मुख्यचौक, टेम्पोचौक, बसपार्क क्षेत्रबाट धेरैजसो सवारी साधन नियन्त्रणमा परेको ट्राफिक प्रहरी तिलक पौडेलले बताए । त्यस्तै लालपत्ता, देउरी, जलजले, मोतिगडा, बगाहा, चुहाडे, राजाबास क्षेत्रमा पनि कडाई गरिएको छ ।

कोरोना भाईरसको संक्रमणबाट बच्नु पर्ने अहिलेको जटिल परिस्थितिलाई नागरिकहरू आफैले बुझेर सतर्क र सुरक्षित रहन सरकारको आव्हान छ । नागरिककै स्वास्थ्य सुरक्षाको निम्ति लकडाउन गरिएको भन्दै अटेर गर्नेहरु कारवाहीमा पर्ने जनाइएको छ ।

के हो त ‘लकडाउन’ ? ‘लकडाउन’मा के हुन्छ ?

‘लकडाउन’ नेपालीका लागि नयाँ शब्द हो । यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन । त्यसैले कतिपय सरकारी अधिकारीहरु पनि ‘लकडाउन’मा के हुन्छ भन्न सक्ने अवस्थामा छैनन् ।

जानकारहरुका अनुसार लकदाउन कानुनी भन्दा पनि जनताकै हितमा सरकारले लिएको निर्णय हो । जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नहोस् भन्नका लागि नै ‘लकडाउन’ गरिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]