कोरोना आशंका गरिएका ६० जनाको परीक्षण गरिँदै

Logo
मंगलबार, चैत्र ११, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणको आशंकामा विभिन्न अस्पतालले ६० जनाको नमुना संकलन गरेर पठाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले जनाएको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले आज ६० जनाको कोरोना भाइरसको आशंका गरेर आएका नमुना परीक्षण भइरहेको बताएका छन् ।

‘‘मंगलबार बिहानसम्म ६ सय ६० जनाको नमुना परीक्षण भइसकेको छ । जसमा एउटा मात्र कोरोना पोजेटिभ देखिएको छ अरु सबैमा नेगेटिभ छ,’’ उनले भने, ‘‘आजबाट देशैभर लकडाउन भएको अवस्थामा ती नमुनाहरु गाडीबाटै आउँदै छन् ।’’

भरतपुरबाट पनि ५ वटा नमुना संकलन भएर आएको छ । ती सबैको आजै परीक्षण हुने उनले जानकारी दिए । कोरोना पोजेटिभ देखिएकी युवतीका पाँच आफन्तको पनि नमुना परीक्षण गरिने भएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ देखिएकी महिलाका पाँच आफन्तको पनि आजै ‘थ्रोट स्वाव’ संकलन गरी परीक्षण गरिरहेको छ ।

प्रयोगशालाका सूचना अधिकारी गुप्ताले अहिले उनको सम्पर्कमा आएका परिवारका पाँच सदस्यकको स्वाब संकलन गरी परीक्षण सुरु गरेको जनाएका छन् । उनले भने, ‘‘उनीसँग सम्पर्कमा भएकाहरुको पनि खोजी भइरहेको छ ।’’

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]